search

spot_img
spot_img

मुख्यमन्त्री सिँह—इयु तथा फिनल्यान्ड राजदूतबीच भेट

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, २१ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सकारात्मक तथा तीव्र प्रतिफल प्राप्तिका लागि लगानीवृद्धि गर्न युरोपेली युनियन(इयु) तथा फिनल्यान्ड राजदूत राजदूत रिना–रिक्का हेइक्कालाई आग्रह गरेका छन् ।
बुधबार इयुका राजदूत भेरोनिक लोरेञ्जो र पार्टी एन्टेननसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्दै मुख्यमन्त्री सिँहले सशक्तीकरणमार्फत शिक्षामा विपन्न, महिला, दलित तथा पिछडिएका समुदायको पहुँच सुनिश्चित गर्न, जीविकोपार्जन तथा समाज उन्नयनमा सघाउ पुग्नेगरी शिक्षाको गुणस्तर बढाउन तथा विद्यालयका भौतिक संरचना एवम् पठन सामग्रीको पर्याप्त उपलब्धताका लागि काम गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।
उनले गरीबी र समाजमा विद्यमान अन्धविश्वास तथा गलत धारणाका कारण बालिका शिक्षा प्रभावित हुँदैगएको भन्दै बालविवाहले समेत शिक्षामा महिलाको सहभागिता न्यून भएको औंल्याउँदै त्यसविरुद्धको सामाजिक अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा साझेदारीको अपेक्षा गरे ।
उनले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन तथा विद्यालय शिक्षाको गुणस्तर बढाउन पर्याप्त तथा दक्ष जननशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि समेत दात्री निकायले अग्रसरता लिनुपर्ने बताए । मुख्यमन्त्री सिँहले स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि तथा प्रवद्र्धनात्मक एवम् प्रवद्र्धनात्मक कार्यक्रममा दात्री निकायको थप सहयोग आवश्यक रहेको उल्लेख गरे । भेटमा प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads