मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुईजना पुर्पक्षको लागि जेल चलान

वीरगंज, २२ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन कार्यमा सलंग्न रहेको आरोपमा पक्राउ परेका दुई जना प्रतिवादीहरूलाई आज पुर्पक्षका लागि कारागार चलान गरेको जनाएको छ । फागुन १ गते वीरगंज महानगरपालिका वडा नं.१५ स्थित होटलहरूमा चेकजाँच गर्ने क्रममा प्रहरीले वेश्यावृत्तिमा महिलाहरुलाई संलग्न गराएको आरोपमा वीरगंज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल […]

अवैध निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहट, २२ फागुन/ मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रूपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ । आज रौतहटको गरूडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिनुभएको हो । गरूडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताउनुभयो । मुख्यमन्त्री सिंहसहितको […]

वीरगंज गोल्डकपः मछिन्द्र फाइनलमा

वीरगंज, २२ फागुन । दोस्रो वीरगंज गोल्डकपको फाइनलमा मछिन्द्र फुटबल क्लब काठमाडौं प्रवेश गरेको छ । आर्दशनगर खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सहलेस फुटबल क्लब सिरहालाई ३–१ को अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रले १०औं मिनेट, १३औं र ६५औं मिनेटमा तेस्रो गोल गर्दै मछिन्द्रलाई बलियो स्थितिमा पु¥याए । खेलभर संघर्षरत […]

प्रसौनीमा नेपाल–इन्डो टी–२० शुरु

वीरगंज, २२ फागुन । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बिहीवार गरेका छन् । प्रसौनीस्थित चटिया बाबा खेल मैदानमा आयोजित प्रतियोगिताको उदघाटन गर्दै नेता महतले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए । उनले क्रिकेटको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए […]

लोडसेडिङ अन्त्यमा भारतको मुख्य भूमिका, कुलमान घिसिङको भ्रामक दाबी – मन्त्री खड्का

काठमाडौं २२ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई नायक साबित गर्न भ्रामक प्रचार गर्दै आएको खुलासा गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले भारतको सहयोगमा लोडसेडिङ अन्त्य गरिएको यथार्थलाई तोडमोड गरी कुलमानले एकलौटी जस लिने प्रवृत्ति देखाएको आरोप लगाए। लोडसेडिङ अन्त्य : भारतकै […]

संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल

काठमाडौं २२ फागुन । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। उहाँका अनुसार संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ। सांसद ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ […]

विभिन्न संघसंस्थाद्वारा पूर्वराजाको सन्देशको समर्थनमा ऐक्यबद्धता

वीरगंज, २२ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशको स्वागत एवं समर्थनमा विभिन्न संघ–संगठनहरुले ऐक्यबद्धता जनाउन थालेका छन् । यही फागुन २४ गते राष्ट्रिय नागरिक संघर्ष समितिले पूर्वराजाको समर्थनमा वीरगंजमा आयोजना गर्न लागेको मोटरसाइकल र्याली तथा आमसभामा विभिन्न राजनीतिक दल, संघसंस्थाहरूले समर्थनसहित सहभागिता जनाउन थालेका छन् । फागुन २४ गते वीरगंजमा […]