search

spot_img
spot_img

संसद सशक्त भए मात्र लोकतन्त्र मजबुत हुन्छ : सांसद ढकाल

पढ्न छुटाउनुभयो ?

काठमाडौं २२ फागुन । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले संसद सबल बन्दा मात्र लोकतन्त्र बलियो हुने बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले सुशासन कायम गर्न संसदको भूमिकालाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। उहाँका अनुसार संसदीय प्रक्रियालाई व्यवस्थित बनाउन कार्यसूचीअनुसार छलफल र निर्णय प्रक्रिया सुदृढ हुनुपर्छ।
सांसद ढकालले नेपालका ४४ मित्रराष्ट्रसँग सम्बन्ध सुदृढ बनाउन गठन गरिएको संसदीय मैत्री समूहलाई प्रभावकारी बनाउन सभामुखको स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताए। साथै, निर्माणाधीन नयाँ संसद भवनमा सबै सांसदहरूका लागि अनिवार्य कार्यकक्षको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए।
सांसदहरू तथा आगन्तुकहरूसँग भेटघाटका लागि उचित स्थानको अभाव हुँदा हाल नजिकैको चिया पसल धाउनुपर्ने बाध्यता रहेको बताउँदै उहाँले यस्तो अवस्थाको अन्त्यका लागि उचित पूर्वाधार निर्माण गर्न आग्रह गरे।
सांसद ढकालले निर्माणाधीन संसद भवनलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा मुस्लिम सांसद तथा कर्मचारीहरूको धार्मिक आस्थालाई ध्यानमा राख्दै प्रार्थना कक्षको व्यवस्था गर्नुपर्ने माग समेत राखे।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads