search

प्रसौनीमा नेपाल–इन्डो टी–२० शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ फागुन । बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाल–इण्डो टी–२० क्रिकेट प्रतियोगिताको उदघाटन नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले बिहीवार गरेका छन् ।
प्रसौनीस्थित चटिया बाबा खेल मैदानमा आयोजित प्रतियोगिताको उदघाटन गर्दै नेता महतले क्रिकेट खेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको बताए । उनले क्रिकेटको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संविधान सभाका सदस्य लालबाबु सिंह, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जैसवाल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनिल गुप्तालगायतको उपस्थिति रहेको थियो ।
इलेभेन स्टार क्रिकेट क्लबको आयोजनामा शुरू भएको प्रतियोगिता फागुन २७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागीता रहेको छ ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads