search

spot_img
spot_img

पिएम कपको लागि मधेशप्रदेशको टिम चयन,कप्तानमा अनिल साह

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २४ फागुन । फागुन २५ गतेदेखि लुम्बिनी प्रदेशको तीन मैदानमा आयोजना हुने प्रधानमन्त्ती क्रिकेट प्रतियोगिताको लागि मधेशप्रदेशको १५ सदस्य खेलाडीहरुको टिम छनौट भएको छ ।
अनिलकुमार साहको कप्तानीमा चयन भएको उक्त टिममा बाराका अन्य खेलाडीहरु पवन सर्राफ,कमल गुप्ता,निखिल सिंह रहेका छन् भने मधेशप्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठको जिल्ला सिरहाबाट प्रदिप पासवान,रुपेश सिंह,दिपेश दास,सैलेन्द्र साह गरी चार जना टिममा परेका छन् ।
त्यसैगरी,धनुषाका मयन यादव,हरिशंकर साह,पर्साका रन्जीत कुमार,रौतहटका सन्नी साह गरी कुल १५ सदस्यी टोली चयन भएको जनाइएको छ ।
फागुन २४ गते अपरान्ह ३ बजे मधेशप्रदेशको टिम घोषणा भएको हो । त्यसैगरी, टिमको वैकल्पिक खेलाडीमा पर्साका आकिब अन्सारी,सर्लाहीका पप्पु यादव,धनुषाका अखिलेश ठाकुर,रौतहटका मोहन घिमिरेलाई राखिएको छ । त्यसैगरी,टिमको प्रशिक्षकमा सुनिल साह(महोत्तरी),सहायक प्रशिक्षक शिव टन्डुकार(बारा) र म्यानेजरमा दिपेन्द्र यादवलाई मधेशप्रदेशको सेलेक्टर कमिटिले छनौट गरेको छ ।
मधेशप्रदेशको टिम फागुन २५ गते साझ ७ बजे वीरगंजबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ । मधेशप्रदेशको पहिलो खेल फागुन २७ गतेदेखि प्रारम्भ हुने छ । मधेशप्रदेशको आठ जिल्लाका टिमलाई छनौट प्रतियोगिता आयोजना गरी उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई चयन गरिएको हो । छनौट प्रतियोगिताको शुक्रवार सम्पन्न फाइनल खेलमा रौतहटलाई पराजित गर्दै बारा विजेता बनेको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

शिवम् हत्या प्रकरणका मुख्य आरोपी अंशु गिरी पक्राउ

वीरगंज, २१ असोज । गत असोज १४ गते राति भएको शिवम साह कानुको हत्या प्रकरणमा संलग्न मुख्य आरोपी अंशु गिरीलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads