वीरगंज, २५ फागुन । आईतवारदेखि लुम्बिनी प्रदेशको तीन वटा खेलमैदानमा शुरु भएको प्रधानमन्त्री(पिएम) कप क्रिकेट प्रतियोगिताको लागि मधेशप्रदेशको टिम लुम्बिनी प्रस्थान गरेको छ । वीरगंजबाट आईतवार साझ ७ बजे बसमा खेलाडीहरुलाई विदाई गरिएको मधेशप्रदेश क्रिकेट संघका सदस्य बाबुजान अन्सारीले जानकारी गराए ।
१५ सदस्यी मधेशप्रदेशको टिमका सदस्य रन्जीत कुमार,कमल गुप्ता,निखिल सिंह,राजेश यादव,रोहन विक,शैलेन्द्र साह,प्रदिप पासवान,विशाल पटेल,सनी साह,दिपेश दास गरी १० जना खेलाडी र सहायक प्रशिक्षक शिव टण्डुकार वीरगंजबाट प्रस्थान गरेका छन् भने बाँकी ४ जना खेलाडी सोमवार अपरान्ह ३ काठमाडौंबाट भैरहवा पुग्ने बताइएको छ । टिमका कप्तान अनिलकुमार साह,पवन सर्राफ रुपेश सिंह, काठमडौंमै रहेका छन् ।
मयंक यादव एवं हिरशंकर साह सोमवार जनकपुरबाट हवाई मार्गबाट काठमाडौं र त्यसपछि काठमाडौंका खेलाडीहरुसंगै भैरहवा जाने तयारी रहेको बताइएको छ । ५ जना खेलाडी,प्रशिक्षक सुनिल साह र टिम म्यानेजर दिपेन्द्र साह पनि सोमवार साझ भैरहवा पुग्ने कार्यक्रम छ । मधेशको पहिलो खेल फागुन २७ गते सिदार्थ रंगशाला कोशी प्रदेशसंग छ । मधेशले तीन विभागिय र मधेशप्रदेशको बाहेक अन्य ६ प्रदेश गरी लिग चरणमा कुल नौ म्याच खेल्ने कार्यतालिका छ ।लुम्बिनीको इक्सट्राटेक ओभल र लमहीको खेल मैदानमा समेत हुनेछ ।

Facebook Comments Box