माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम, २६ फागुनः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मर्यादित तथा व्यवस्थित गराउनका लागि सम्बन्धित निकायले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले यदी कसैबाट अनियमितता गरेको पाइएमा कानुनअनुसार कडा कारबाही हुने स्पष्ट पार्नुभएको छ । मधेस प्रदेशको शिक्षा निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरधाममा आयोजित […]

तीन महिलासहित ५४ जनाद्वारा रक्तदान

वीरगंज, २६ फागुन । हिलिङ टच स्पा एन्ड सलोनले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ३ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा सुभाष पटेल, राजकुमार पासवान, प्रेमनारायण नारायण राई, बिचन महतो, राकेश कुमार जैसवाल, विनीत अग्रवाल, सुरेश कुमार गोयल, दिपेन्द्र, अमन अग्रवाल लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले […]

अपाङ्गहरुलाई १४ थान हिवलचेयर सहयोग

वीरगंज, २६ फागुन । केडिया आँखा अस्पताल परवानीपुरले ५०औ वार्षिकोत्सवको अवसरमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका १४ जना अपाङ्ग व्यक्तिहरूलाई १४ वटा हिवलचेयर र एक थान स्ट्रेचर घरमा पुगेर प्रदान गरेको छ । कलैया उमनपा का ३ जना, महागढीमाई नपाको २ जना, सिम्रौनगढ नपाको १ जना र आदर्श कोतवाल गापाको ८ जनालाई हिवल चेयर र […]

जुनियर टि–२० क्रिकेट टुर्नामेन्टको उदघाटन

वीरगंज, २६ फागुन । नेशनल प्याब्सन पर्साले आयोजना गरेको जुनियर टि–२० क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री जीतेन्द्र सोनलले गरेका छन् । सोमवारदेखि वीरगंजको नारायणी रंगशालामा शुरु भएको टुर्नामेन्टको उद्घाटन गर्दै उनले मधेस सरकारले खेलकुद ऐन पारित गरेसंगै अब प्रदेशमा खेलकुदप्रति सरकारले काम गर्न पाउने बताए । उनले मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न […]

सांसद जयसवालद्वारा निर्माण कार्यको शिलान्यास

वीरगंज, २६ फागुन । सांसद विणा जयसवालले सोमवार गहवामाई मन्दिरको नाममा रहेको ८ कठ्ठा खाली जग्गामा बाउन्ड्री वाल तथा गेट निर्माण कार्यको शिलान्यास गरेकी छन् । सांसद जयसवालले मन्दिरको संरक्षण तथा धार्मिक महत्व अभिवृद्धि गर्ने उद्देश्यले आफूले पहल गरिरहेको बताइन् । उनले वीरगंजवासीको आस्थाको केन्द्र रहेको गहवामाई मन्दिरको लागि संसदीय कोषबाट योगदान गर्ने योजना प्रारम्भदेखि […]