search

spot_img
spot_img

स्ववियु निर्वाचनका लागि १४ वटा विद्यार्थी संगठनको उम्मेदवारी दर्ता

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ फागुन । स्ववियु निर्वाचनका लागि ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजमा १४ वटा विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलवार स्ववियु निर्वाचन कार्यालयले उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । १४ वटा संगठनहरूले प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारहरूमाथि दाबी विरोधको समय फागुन २८ गतेलाई तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २८ गते हुनेछ भने निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने जनाइएको छ । स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा हरि किशोर यादव, दिपक कुमार पटेल र दुर्गा कुमारीले उम्मेदवारी दिएका छन् ।
समाजवादी विद्यार्थी युनियन, नेपालबाट सभापतिमा मो. सगीर अलि, सचिवमा रामबाबु प्रसाद यादव र कोषाध्यक्षमा चाँदनी कुमारी ठाकुरले उम्मेदवारी दिएका छन् । जय नेपाल विद्यार्थी संघबाट सभापतिमा राजु गुप्ता, सचिवमा रन्जन यो, कोषाध्यक्षमा रिकुं कुमारीले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनबाट सभापतिमा दिलीप राज महतो, सचिवमा गुनाई कुमार सिंह र कोषाध्यक्षमा कृष्णा दास तत्माले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी समूहबाट सभापतिमा राजकुमार यादव, सचिवमा मंदिरा कुमारी चौधरी र कोषाध्यक्षमा अंकित पटेलले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुबाट सभापतिमा पवन यादव, सचिवमा अरमान आलम र कोषाध्यक्षमा अच्छेलाल प्रसाद कुशवाहाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र युवा समूहबाट सभापतिमा श्याम प्रसाद गुप्ता, सचिवमा राज साहे र कोषाध्यक्षमा सलमान देवानले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी कल्याण समूहबाट सभापतिमा धर्मेन्द्र साह कानु, सचिवमा प्रतिमन यादव र कोषाध्यक्षमा सिमा कुमारी रौनियारले उम्मेदवारी दिएका छन् । नेपाल विद्यार्थी संघबाट सभापतिमा विकाश मंडल धानुक, सचिवमा रोहित सिंह र कोषाध्यक्षमा दिपक कुमार पटेलले उम्मेदवारी दिएका छन् । राष्ट्रिय विद्यार्थी संघबाट सभापतिमा सुधान्सु प्रसाद चौरसिया, सचिवमा मेघराज प्रसाद यादव र कोषाध्यक्षमा ओमपुकार दासले उम्मेदवारी दिएका छन् । अखिल (क्रान्तिकारी) बाट सभापतिमा अनिस कुमार पटेल, सचिवमा समसेदे अंखाख र कोषाध्यक्षमा भारती कुमारीले उम्मेदवारी दिएका छन् । भोट फोर चेन्ज स्वतन्त्र विद्यार्थी यूनियनबाट सभापतिमा सिकेन्द्र कुमार यादव, सचिवमा संतोष कुमार साह र कोषाध्यक्षमा मुन्ना कुमार साहले उम्मेदवारी दिएका छन् । सुधिर पटेल समूहबाट सभापतिमा कमलेश कुमार यादव, सचिवमा राजकपुर चौरसिया र कोषाध्यक्षमा माया शंकर कुमार कमकरले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सभापतिमा दिपेश कुमार साह, सचिवमा प्रमोद चौरसिया र कोषाध्यक्षमा प्रियांसु कुमारी रौनियारले उम्मेदवारी दिएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

वीरगंजको मुख्य सडक विस्तार शुरू, भन्सार क्षेत्रको अतिक्रमण हटाइयो

वीरगंज, १६ असार । वीरगंज महानगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान सोमवारबाट शुरू भएको छ । ...

सम्बन्धित खबर

- Advertisement -neelambads