प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, ४ चैत/ मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा […]

नेका, पर्साद्वारा नेविसंघलाई समर्थन गर्न आग्रह

वीरगंज, ४ चैत । ठाकुर राम बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सबै लोकतान्त्रिक शक्ति र विद्यार्थीहरूलाई एकजुट भई नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई समर्थन गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्साले आग्रह गरेको छ । नेका पर्सा अध्यक्ष जर्नादन सिंह क्षेत्रीले आज पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका उम्मेदवार विकास मण्डल धानुकको नेतृत्वमा निर्वाचनमा […]

पक्षघातको नयाँ सिराबाट वीरगंजमा उपचार शुरु

वीरगंज,३ चैत वीरगंज न्युरो तथा जनरल अस्पतालले इस्केमिक स्ट्रोक (पक्षघात–लकवा) को थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार शुरु गरेको छ । थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार सेवा शुरु गरेको बारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । त्रिमुर्ती चोकस्थित अस्पतालमा हालसम्म तीन जना बिरामीले थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार सेवा उपलब्ध गराइसकेको न्यूरो सर्जन डा.श्यामबाबु प्रसादले जानकारी दिए । अस्पतालका प्रमुख […]

ड्राईपोर्ट वीरगंजमा पहिलो चोटी आयो ‘टयांक कन्टेनर’को -याक

राधेश्याम पटेल, वीरगंज, ३ चैत रेलमार्गबाट बल्क मात्रामा कच्चा तेल भित्रिन शुरु भएको छ । कोलकत्ताको हल्डिया डक बन्दरगाहबाट आईतवार दिउँसो ३ बजे सोयाबिनको कच्चा तेल बोकेको ‘ट्यांक कन्टेनर’ वीरगंजको ड्राईपोर्ट भन्सार भित्रिएको हो । बारा,जितपुरको खाने तेल उत्पादक उद्योग, शिव शक्ति प्रालिले अरजेन्टिनाबाट खरिद गरी उक्त २० फिट्टे ९० वटा ट्यांक कन्टेनरको -याक पहिलो […]

होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु

धनुषा, ४ चैतः होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो । अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा […]