search

पक्षघातको नयाँ सिराबाट वीरगंजमा उपचार शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज,३ चैत
वीरगंज न्युरो तथा जनरल अस्पतालले इस्केमिक स्ट्रोक (पक्षघात–लकवा) को थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार शुरु गरेको छ । थ्रोम्बोलाइसिस प्रक्रियाबाट उपचार सेवा शुरु गरेको बारे पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । त्रिमुर्ती चोकस्थित अस्पतालमा हालसम्म तीन जना बिरामीले थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार सेवा उपलब्ध गराइसकेको न्यूरो सर्जन डा.श्यामबाबु प्रसादले जानकारी दिए ।

अस्पतालका प्रमुख समेत रहेका डा. श्यामबाबुले यो सेवा यस भेगकोलागि ठूलो उपलब्धी भएको पनि दावी गरे । मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको थोपा हटाउन अथवा पगाल्न थ्रोम्बोलाइसिस उपचार विधि अपनाइन्छ । यस्तो विधिमा औषधिको प्रयोग हुने पनि उनको भनाइ छ । लक्वा उपचारका लागि प्रभावकारी विधि पनि मानिने उनको भनाई छ ।मस्तिष्कमा रगत पु¥याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गर्दछ । बिरामीमा लक्षण देखिएको साढे चार घण्टा भित्र अस्पतालमा ल्याइपु¥याउन सके यो लक्वा तथा पक्षघात रोगबाट बिरामीलाई बचाउन रोकिनेमा उनले जोड दिए ।

‘स्ट्रोक आएको बेला विरामीमा अचानक कमजोरी हुने, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिने जस्तो लक्षण देखा पर्छ,यस्तो भएमा तुरुन्त अस्पतालमा ल्याउन सके बिरामीको जीवन सुरक्षित गर्न सकिन्छ,’उनले भने,‘यो विधि अन्य उपचार विधिको तुलनामा छिटो र सस्तो पनि हुन्छ ।’ नेपाल सरकारबाट पनि थ्रोम्बोलाइसिस उपचार विधि स्वीकृत भएको र अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनहरूले समेत मान्यता दिएको वीरगंज न्यूरो अस्पतालका प्रमुख डा. श्यामबाबुले बताए ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads