search

spot_img
spot_img

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको थियो ।
त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो ।
पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
पद बहालीअघि उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालय परिसरमा निमको बिरुवा रोप्नुभयो । रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads