बिपिसी कलेज आयोजनामा रक्तदान कार्यक्रम

वीरगंज, ०७ चैत । बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ महिलासहित एक सयजनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा अभिषेक वर्मा, रोहन सहनी, यमन दाहाल, मरियम खातुन, प्रकाश कृ. शर्मा, दिपिका महतो, अर्चना गुप्ता, श्याम पटेल, आरव कुशवाहा, सागर सिन्हा, आदित्य,रवि गुप्ता, राहुल पटेल, सुरज पटेल, सुशील, सोनी यादव, हर्षित चौधरी, मनिष चौरसिया, प्रेरणा साह लगायतले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए ।
कलेजका संचालक एवम् मधेश बिश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्य, नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेललगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।
सम्बन्धित पोस्टहरुः