search

spot_img
spot_img

जनप्रदर्शनपछि देशको राजनीति सही हुने– प्रचण्ड

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रदर्शनपछि देशको राजनीति सही ठाउँमा आउने बताएका छन् । पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन आग्रह गरेका हुन् । अध्यक्ष्F प्रचण्डले यो सरकार उल्टो बाटो हिंडिरहेको छ । त्यसकारण सजग गराउनुपर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईंहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु । उनले फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईंहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौं आउन आग्रह गरे । यसैगरी शुक्रवार वीरगंजमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको बताए । उनले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताए । सरकारमा रहँदा भ्रष्टाचारविरूद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम गरेको बताए । अध्यक्ष्F प्रचण्डले आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,’सरकारमा हुँदा वा सरकार बाहिर,माओवादी एउटै हो।’ अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र वेथितिलाई प्रोत्साहित गरेको आरोप लगाए । यसैगरी वीरगंजमा आजै सम्पन्न नागरिक संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले देशभर देखिएका स्वास्थ्य,शिक्षा, पूर्वाधार र सुशासनका सवालमा जनताको साथ आवश्यक रहेको उल्लेख गर्दै जागरण अभियान जनसम्पर्कको उद्देश्यले अघि बढाइएको बताए । उनले जनताको साथ अपरिहार्य भएकाले पार्टीले हुलाकी सडक केन्द्रित तराई–मधेस जागरण अभियान थालेको र चाँडै मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान शुरू गरिने जानकारी दिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads