वीरगंज, ९ चैत । नेपालको प्रसिद्ध डिजिटल प्लेटफर्ममाई सेकेन्ड टियर नेपाल (माई सेकेण्ट टिचर्स), क्रिकेट संघ (क्यान) पर्साबीच प्रायोजन सम्झौता भएको छ । शनिवार वीरगंजको नारायणी रंगशालामा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदान गरिएको छ । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी सीइओ मेधा भट्टराई र क्रिकेट संघ, पर्साका अध्यक्ष मनिष सिंहले हस्ताक्षर गरेका छन् । सम्झौताले माई सेकेण्ट टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोडने विश्वास दुवै पक्षले लिएको छ । दुवैपक्षबीच भएको सम्झौताले स्थानीय क्रिकेट खेलाडीहरूलाई थप अवसर प्रदान गर्दै उनीहरूको प्रतिभा निखार्न महŒवपूर्ण योगदान पुग्ने विज्ञप्तिमा जनाईएको छ । सहकार्यबारे जानकारी दिँदै माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले नेपालको १९ वर्षमुनीको एकदीवसीय वल्र्डकप क्वालिफायर सिरिजमा क्रिकेट संघ, पर्सासँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महŒवपूर्ण योगदान पुग्ने बिश्वास गरिएको छ। ‘माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ । यसैगरी क्रिकेट संघ, पर्साका अध्यक्ष मनिष सिंहले ‘माई सेकेन्ड टिचर’ सँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको बताएका थिए।
Facebook Comments Box