search

spot_img
spot_img

वीरगंज नर्सिङको स्ववियु सभापतिमा आर्जु राय विजयी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ चैत । वीरगंज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी आर्जु राय विजयी भएकी छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार सभापति रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरेकी थिइन् । यसैगरी अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कविता आचार्यले ७२ मत प्राप्त गरिन् ।
सचिवमा नेविसंघकी मन्दिरा चिमोरिया विजयी भइन् । चिमोरियाले १०४ मत पाएकी हुन भने उनकी निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् । त्यस्तै अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ तथा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिता कुमारी साहले ८५ मत पाइन् । अखिल क्रान्तिकारीबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत पाइन् । प्रत्यक्षतर्फका ५ जनै सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका हुन् । वीरगंज नर्सिङ क्याम्पसमा गत मंगलवार भएको निर्वाचनमा कूल २७३ मतमध्ये २७२ मत खसेको थियो । मंगलवार बेलुकीदेखि मतगणना शुरू भएकोमा नेविसंघ र अखिल क्रान्तिकारीले मतगणनाका क्रममा निर्वाचन समितिले अनेरास्ववियुका उम्मेदवारलाई जिताउन चलखेल गरेको भन्दै विवाद गरेपछि मतगणना स्थगित भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको रोहबरमा बसेको बैठकमा मतगणना फेरि शुरूदेखि नै गर्ने सहमति भएपछि शनिवार पुन मतगणना गरिएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads