search

spot_img
spot_img

‘भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन’-मुख्यमन्त्री सिंह

पढ्न छुटाउनुभयो ?

जनकपुरधाम, १० चैत: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले देश र समाज विकासमा पत्रकारिता क्षेत्रको अहम् भूमिका रहेकाले भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘अनलाइन मिडिया, युट्युब तथा पत्रकारिता क्षेत्रका समसामयिक सवाल’ विषयक एकदिने अभिभुखीकरण तथा छलफल कार्यक्रममा उहाँले पत्रकारले सत्यतथ्यको आधारमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “पत्रकारले सकारात्मक सोचका साथ समाजलाई मार्गदर्शन दिने हिसाबले कार्य गनुपर्छ । मुलुकमा आर्थिक मन्दीका कारण पत्रकारिता क्षेत्रसमेत समस्यामा छ तर पनि पत्रकारिता क्षेत्रको विकासका लागि तीनै तहका सरकारले कुनै भेदभाव नराखी सहयोग गर्नुपर्छ ।”
उहाँले मधेस प्रदेश सरकारले सञ्चार माध्यम तथा पत्रकारको वृत्ति विकासका लागि योजनाबद्ध तरिकाले कार्य गरिरहेको जानकारी दिनुभयो ।
मधेस प्रदेशका प्रमुख सचिव मदन भुजेलले आधुनिक प्रविधिको प्रयोग एवं अनलाइन मिडिया र सामाजिक सञ्जालले पत्रकारिता क्षेत्रमा चुनौती आएको उल्लेख गर्दै पत्रकारले कलम चलाउँदा आचारसंहिताको पालना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले प्रदेश सरकारले पत्रकारको हित तथा पत्रकारिता क्षेत्रमा कार्य गर्ने आमसञ्चार प्राधिकरण तथा मिडिया काउन्सिलको रिक्त अध्यक्ष तथा सदस्य पदमा छिटो नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले ती निकायमार्फत पत्रकार स्वास्थ्य तथा दुर्घटना बिमालगायत कार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौलाले सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा देखिएको विकृतिलाई नियमन अहिले चुनौती रहेको बताउनुभयो । उहाँले गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस)को ऐन तथा विनियावली छिट्टै आउने र आमसञ्चार विधेयक संसद्मा छिट्टै लैजाने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार कर्ण, महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ताले पत्रकारको हितमा तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपसचिव ममता बाँस्तोला, प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रहम्तुल्ला मियाँ, मधेश प्रदेश मुख्यमन्त्रीका पे्रस सल्लाहकार अनिलकुमार कर्णलगायतले विविध विषयमा सहजीकरण गर्नुभएको थियो । रासस
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेसमा पानीको समस्या जटिल बन्दैछ

काठमाडौँ, २३ असार: प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण...

सम्बन्धित खबर

- Advertisement -neelambads