search

गाँजा र अफिमसहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध गाँजा १३ किलो र ७१.८० ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
चैत ११ गते जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.६ भौराटारबाट प्रहरीले वर्ष ३३ को अमेरिका प्रसाद साह गोढलाई गाँजा र अफिमसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
उनको एक तल्ले पक्की घरको दक्षिण कोठामा सुनियोजित तरिकाले लुकाइ छिपाइ राखिएको १३ के.जी. गाँजा र दुर्ई वटा कचौरामा रहेको ७१.८० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोढलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads