search

नेपाल मलेसियासँग पराजित

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १२ चैतः एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन अङ्क जोडेको छ । खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो ।
यस पटकको छनोटमा एसियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । जसमा नेपाल एफमा रहेको छ । नेपालको समूहमा मलेसियासँगै भियतनाम र लाओस छन् । ‘होम एण्ड अवे’ प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ ।
आजको खेल नेपालमा हुनुपर्ने भए पनि एसियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि मलेसियामा भएको बताइएको छ । रासस
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads