search

१५ वर्षपछि ८० वर्षीया वृद्धाको पारिवारिक पुनर्मिलन

पढ्न छुटाउनुभयो ?

अभिलाष गुप्ता वीरगंज, १३ चैत । २०७४ साल मंसिर १ गते बिर्ता मन्दिरदेखि नारायणी अस्पतालको ओहरदोहर गर्ने मानसिक अवस्था कमजोर भई कष्टपूर्ण जीवनयापन गर्ने साथै हात र दाहिने खुट्टामा किरा परेको आलिया बिबी आफनो नाम बताउने अन्दाजी वर्ष ८० की एकजना महिलाको उद्धार गरी मानवसेवा आश्रममा वीरगंजमा ल्याइएको थियो ।
लगभग सात वर्षको आश्रममा बसाइ, आश्रमको माया, प्रेम र औषधी उपचारपछि अथक मेहनत र प्रयासले सो वृद्धाको घर पत्ता लगाएर आज सफल पारिवारिक पुनर्मिलन गराइएको छ ।
परिवारका अनुसार बिगत १५ वर्ष देखि वृद्धा परिवारको सम्पर विहीन भएकी थिइन् । भारतको कयौ राज्यमा खोज्दा पनि नभेटिएपछी आशा नै मारिसकेको थियो ।
बुधवार वृद्धाको परिवारबाट पाँचजना नातेदार आएका थिए, जसमा भाइ सफ्रूदीन मलिक, भतिजहरू मुस्ताक, विप्लव मलिक, भान्जा सहजन अलि खान, भाइ बुहारी गुंडी बीबीले अत्यन्तै खुशी भएर आमालाई भारतको बेस्ट बंगाल राज्य, जिल्ला पूर्व मेदनीपुर, गाउँँ– पुर्ब राधापुर, थाना – भगवानपुर लिएर जानु भएको मानवसेवा आश्रम वीरगंजका संस्थापक देवेश गुप्ताले जानकारी दिए ।
यस पारिवारिक पुनर्मिलनमा मानवसेवा आश्रमका अभिभावक प्रकाश थारू, स्वेम सेवक ओम कुमार झालगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

हसिनालाई मृत्युदण्डको फैसलाविरुद्ध अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको आह्वान

वीरगंज , मंसिर - १० बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले सुनाएको मृत्युदण्डको फैसलाविरुद्ध उनकी पार्टी अवामी लिगले...

सम्बन्धित खबर

- Advertisement -neelambads