search

अनाथ बालबालिकालाई नयाँ कपडा वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ चैत । नेशनल मेडिकल कलेजले ईदको अवसरमा पर्सा र बाराका विभिन्न यतिमखाना र मदर्सामा अध्ययनरत गरीब तथा अनाथ छात्रछात्रालाई नयाँ कपडा वितरण गरेको छ । मुसलमानहरुको महान पर्व ईद उल–फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षाेल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले कपडा वितरण गरेको हो । कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले भने– ईदको दिन कोही पनि दुःखी नहोस् भन्ने सोचका साथ हामीले गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं, यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो ।” यस पटक पर्सा र बाराका ९ वटा यतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्रछात्रा कुर्ता–पाइजामाको कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिए । यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महŒवपूर्ण योगदान दिने विश्वास लिइएको छ।
Facebook Comments Box

ताजा खबर

करेन्ट लागेर रौतहटमा एकजना युवकको मृत्यु

वीरगंज , मंसिर - १० रौतहटको फतुवा–विजयपुर नगरपालिका–६ रामदासी टोलमा माइकको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु...

सम्बन्धित खबर

- Advertisement -neelambads