search

spot_img
spot_img

१५० किलो गाँजासहित चारजना भरिया पक्राउ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ चैत । १५० किलो गाँजासहित चार जना भरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरीका ४२ वर्षीय बुद्ध घलान, वडा नम्बर ८ का ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीर बहादुर रूम्बा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेका २७ वर्षीय सोमलाल पाख्रिन रहेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहा स्थित दुधौरा खोलामा टाउकोमा गाँजाको भारी बोकेर रतनपुरबाट बकुलिया जाँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक निरीक्षक प्रदीप प्रसाद पाण्डे र लागूऔषध नियन्त्रण ब्युरो शाखा वीरगंजबाट खटिएको संयुक्त टोली उनीहरूलाई ६ वटा बोरामा रहेको १ क्विन्टल ५० किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर, ५ भाद्र/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा...

सम्बन्धित खबर

- Advertisement -neelambads