वीरगंज, १४ चैत । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटिअर्वा भन्सार नाकामा छड्के चेकजाँच गरेका छन् । चेकजाँचका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक रूपमा भइरहेको तस्करीलाई नजरअन्दाज गरेको देखेपछि प्रमुख जिल्ला अधिकारी अधिकारीले तत्काल दुर्ई सुरक्षाकर्मीलाई निलम्बन गर्ने आदेश दिएका छन् । प्रमुख जिल्ला अधिकारीले सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न अचानक चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा नेपाल प्रहरीका एकजना र सशस्त्र प्रहरीका एकजना कर्मचारी तस्करी रोक्न सक्रिय नभएको देखिएपछि दुवैलाई निलम्बन गर्न निर्देशन दिइएको हो। जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकावारे थप अनुसन्धान गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारीको यो कदमपछि सीमावर्ती क्षेत्रमा सुरक्षा प्रणाली थप कडा बनाइने अनुमान गरिएको छ। स्थानीय प्रशासनले अवैध गतिविधि रोक्न कडा निगरानी राख्ने र अन्य दोषीहरूलाई समेत कारबाई गरिने बताएको छ।
Facebook Comments Box