वीरगंज १४ चैत । रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा कानको निशुल्क शल्यक्रिया (अप्रेशन) शिविर सम्पन्न भएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्र पर्सामा सम्पन्न भएको हो । रिलिफ सोसाइटी अफ कमर्स पर्सा वीरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा एवम् प्रमुख अतिथि मुरलीधर रूङटाको आतिथ्यमा सम्पन्न कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका उपाध्यक्ष नारायण रूङटा, प्रतीक दैनिकका वरिष्ठ संचारकर्मी जगदीश प्रसाद शर्मा, वीरगंज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गनेश लाठ, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरी, पुर्व अध्यक्ष अशोक कुमार लाठ, प्रोफेसर डा.बिमल कुमार सिन्हा, पशुपति बिक्रम शाह, उषा शाह लगायतको सहभागीता रहेको थियो । कानको निःशुल्क शिवीर चैत ११ गते देखि १४ गते सम्ममा ११० जनाको चेकअफ भएको थियो। शिवीरमा पुरूष ३१ र महिला ४२ जना एवं बच्चा लगायत ९० जनाले कानको अप्रेसन गराएका छन् भने अहिले सम्ममा १ हजार जनाले निशुल्क रूपमा कानको अप्रेशन गराएर लाभ लिएको रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी गराएका थिए ।
शिविरमा बारा, पर्सा, रौतहट एवम् छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट आएर निशुल्क सेवा लिइरहेको रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी गराएका छन् ।
शिविरमा बारा, पर्सा, रौतहट एवम् छिमेकी राष्ट्र भारतको विभिन्न ठाउँबाट आएर निशुल्क सेवा लिइरहेको रिलिफ सोसाइटी अफ कमर्स वीरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी गराएका छन् ।
Facebook Comments Box