search

spot_img
spot_img

वीरगंजमा सोनार प्रिमियर लिगको लागि अक्सन

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ चैत । वीरगंजमा सोनार प्रिमियर लिगको ५औं संस्करणका लागि खेलाडीहरूको अक्सन प्रक्रिया शुरू भएको छ । १३१ जना खेलाडीले नाम दर्ता गराएकोमा ११४ जना खेलाडी बिक्री भएको सहभागी राजकुमार सर्राफले बताए । खेलाडीहरु अक्सन पश्चात ८ टिममा ए र बी गरी दुई समूहमा बाडिएको छ । एक समुहमा विशाल किंग्स, घण्टाघर स्टार, एमजीएसटी वारियर्स, जनता साईकल र अर्काे समुहमा कारिगढ संघ, माँ वैष्णव ज्वेलर्स, ओम वारियर्स, शुभम ज्वेलर्स रहेको छ । कालिगढ संघका उपाध्यक्ष कैलाश सर्राफको अध्यक्षतामा सम्पन्न अक्सनमा ८ वटै टिमका मालिकलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण संघका महासचिव विश्वनाथ स्वर्णकारले गरेका थिए । आउदो फागुन २३ गते शनिवारबाट वीरगंजको आदर्शनगरस्थित रहेको रंगशालामा शुरू हुनलागेको प्रिमियर लिग डे नाइट हुने संघका हरिओम सर्राफले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

जनकपुरधाम, ३० असार : मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि...

सम्बन्धित खबर

- Advertisement -neelambads