search

spot_img
spot_img

विद्यालय शिक्षा विधेयक अघि बढाउन सरकार तयार

पढ्न छुटाउनुभयो ?

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने गरी विद्यालय शिक्षा विधेयकलाई अघि बढाउने भएको छ ।
आन्दोलनमा रहेका शिक्षकको मागका विषयमा बिहीबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईलगायत विभिन्न दलका नेतासँगको छलफलपछि गृहमन्त्री लेखकले शिक्षकका मागलाई सम्बोधन हुने गरी उक्त विधेयक अघि बढाउने बताएका हुन् ।
विधेयक संसद्‍मा विचाराधीन रहे पनि यसलाई समयमा नै अघि बढाउन सरकारले आवश्यक भूमिका निर्वाह गर्ने उनले बताए । मन्त्री लेखकले शिक्षकले उठाएका विषय निकै गम्भीर रहेकाले यस विषयमा पुनः छलफल गरी ठोस निर्णय गर्ने उल्लेख गरे ।
यस्तै, सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा समेत बसाउने तयारी गरेको छ । तर शिक्षकहरूले भने विद्यालय शिक्षा विधेयक अघि बढाउने एकमात्र माग रहेकाले वार्तामा बस्न आवश्यक नरहेको बताउँदै आएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मधेसको खडेरी संकट समाधानका लागि चार मन्त्रालयको कार्यदल गठन

काठमाडौं, ५ साउन/लगातारको खडेरीले तराई–मधेस क्षेत्रमा गम्भीर प्रभाव पारिरहेका बेला सरकार उच्च सतर्क मोडमा गएको छ। साउनको पहिलो सातासम्म...

सम्बन्धित खबर

- Advertisement -neelambads