search

spot_img
spot_img

सिर्सिया नदी नजिकै कृत्रिम कुण्ड निर्माण गरी अर्घ दिंदै चैतीछठ व्रतालुहरु

पढ्न छुटाउनुभयो ?

वीरगंज, २१ चैत । चैतीछठ पर्वमा सहभागी केही व्रतालुहरूले सिर्सिया नदी नजीकै कृत्रिम कुण्ड निर्माण गरी अघ्र्य दिएका छन् । सिर्सिया नदीको प्रदूषित र दुर्गन्धित भएपछि स्वास्थ्यका लागि प्रतिकूल हुने भन्दै रानीघाट छठ पूजा व्यवस्थापन समितिले स्थानीयको सहयोगमा कृत्रिम कुण्ड निर्माण गरेको हो । आज व्रतालुहरूले नदी, पोखरी अथवा तालमा प्रवेश गरेर अस्ताउँदो सूर्यलाई र भोली सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ । तर नदीको अवस्थाले परम्परा प्रभावित भएको छ । समितिका अध्यक्ष रञ्जन सिंह राजपूतले वीरगंज महानगरपालिका र नदी प्रदूषण गर्ने उद्योगहरूलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरे । समितिका कोषाध्यक्ष मुन्ना गुप्ताले सिर्सिया नदी नालामा परिणत भइसकेको आरोप लगाए । उद्योग सँगसँगै नदीसँगै जोडिएका घरहरूले ढल र शौचालयको पानी नदीमा मिसाएको कारण पनि नदी प्रदूषित भएको बताए । उनले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको परिवारले स्वयम् प्रदूषित पानीमा प्रवेश गरेर छठ पर्व मनाउनु पर्ने बाध्यता रहे पनि उनले नदीलाई प्रदूषणमुक्त बनाउन कुनै ठोस कदम नउठाएको आरोप लगाए । स्थानीय जमुनिया देवीले दुर्ई दशकअघि सिर्सिया नदीको पानी सफा र निर्मल भएको स्मरण गरिन् । “त्यो बेला यहाँ छठ गर्न कति रमाइलो हुनथ्यो, तर आज उद्योगको फोहोरले नदी म¥यो। दुर्गन्धले पस्नै डर लाग्छ,” उनले भनिन् । रानीघाट मठका पूर्व अध्यक्ष विकास साहले नदी प्रदूषणमुक्त बनाउन अब सशक्त आन्दोलन गर्ने चेतावनी दिए । “यो हाम्रो आस्थाको आधार हो, यसलाई जोगाउँन हामी लड्नेछौँ,” उनले भने । वीरगंज महानगरका मेयर राजेशमान सिंहले नदी सफाइका लागि पटक–पटक प्रयास गरे पनि प्रदेश र संघ सरकारको असहयोग र उद्योगीहरूको अटेरीपनले सफलता नपाएको बताएका छन् ।
Facebook Comments Box
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

मुख्यमन्त्रीले समेत सुधार्न नसकेको वीरगंजको जगरनाथपुर ढाट

राधेश्याम पटेल, वीरगंज,३ साउन । सवारी कर संकलनमा अनियमितता गर्ने ढाटको रुपमा पछिल्लो समय वीरगंजको जगरनाथपुर ढाट चर्चामा छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads