search

मुर्ली नाइट राइडर्स विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २३ चैत । सोसियल युथ युनिटी क्लबको आयोजनामा आजदेखि वीरगंजमा टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरू भएको छ । आजको उदघाटन खेल ब्रेभ रिबेल्स र मुर्ली नाइट राइडर्सबीच भएकोमा मुर्ली नाईट राइडर्सले ४० रनले जितेको छ । १६ ओभरको खेलमा टस जितेर बलिङ रोजेको ब्रेभ रिबेल्सलाई मुर्ली नाईट राईडर्सले १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल तयार पारेको थियो । १०८ रनको लक्ष्यसहित मैदानमा उत्रेको ब्रेभ रिबेलले १०.५ ओभर खेल्दै सबै विकेट गुमाएर ६७ रनमात्र बनाएको थियो । वीरगंज महानगरपालिका–१५ मा शुरू भएको प्रतियोगिताको उदघाटन पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले गरेका थिए । क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियोे। प्रतियोगितामा मुर्ली स्ट्राइकर्स, मुर्ली इलेभेन स्टार्स, मुर्ली नाईट राईडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे गरी महानगरपालिकाको विभिन्न वडाका छ वटा टिमले भाग लिएको आयोजकले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

माडी–ठोरी सडकको पटारी खोलामा अलपत्र पुल निर्माणको ठेक्का तोडियो

वीरगंज , मसिर - १२ चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पर्ने पटारी खोलामा वर्षौंदेखि रोकिएको पुल निर्माण कार्यको ठेक्का सरकारले तोडेको छ।...

सम्बन्धित खबर

- Advertisement -neelambads