search

सुनचांदीको गहनासहित तीनजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । वीरगंज भन्सार कार्यालय परिसरबाट सुनको गहनासहित तीनजना पक्राउ परेका छन् । नेपालबाट भारत जाने क्रममा भारत, पश्चिम बङ्गाल प्रान्त जिल्ला पश्चिम मेदिनीपुर स्थित किशोरनगर बस्ने अन्दाजी वर्ष ३५ को सौमेन गुचैट, र जोतेकानुरामगढ बस्ने अन्दाजी वर्ष २५ को अमित दास र हुगली, नन्दपुर बस्ने बटु रंग रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूबाट सुनको गरगहना झुम्का २ सेट अन्दाजी ८२ लाल, रिङ्ग १ सेट अन्दाजी ३० लाल, सिक्री लकेट १ थान अन्दाजी ३० लाल,सुनको गणेश लक्ष्मी मूर्ती अङ्गित लकेट १ थान अन्दाजी ४ लाल, सुनका टुक्राहरू अन्दाजी १ तोला गरी जम्मा अन्दाजी २ तोला ६६ लाल एवं चाँदीको लक्ष्मीको मूर्ती अन्दाजी २ तोला रहेको सशस्त्रका डिएसपी लोकेन्द्र सुब्बाले जानकारी गराए । पक्राउ परेकाहरुले आफू भक्तपुर जिल्लाको ठिमी न.पा., वडा नं.–१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल संचालन गर्ने भक्त गदाल विक र काठमाण्डौ म.न.पा., वडा नं.३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स संचालन गर्ने श्रवण घिमिरेको लागि काम गर्ने र अर्डर अनुसार जडिबुटीमा सुन बनाउने कारखानामा काम गर्दै आएको बताए । अर्डर आएको ग्राहकका सुन लिई भागेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरीको वरिष्ठ हवल्दार गंग बहादुर विकले जनाएको छ । सुनको तयारी गरगहना, सुनको टुक्राहरू र चाँदीको मूर्ती सहित फेला परेको हुँदा प्रहरी चौकी ईनरूवामा अनुसन्धानको लागि पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads