search

भलिबल प्रतियोगिताको उपाधि मिलन चोकलाई

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ चैत । डुमरवाना विकास मञ्चद्वारा आयोजित दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता अन्तर्गत सोमवार फाईनल खेल सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नम्बर १३ को वडा कार्यालय खेल मैदानमा भएको फाइनल खेलमा मिलन चौकले निप्टा क्लब भीमफेदी–४, निवुवाटारलाई ३ सेटले हराउँदै विजयी भएको हो । विजेता टिम मिलन चौकले १ लाख नगद पुरस्कारसहित मेडल प्राप्त गरेको छ भने उपविजेता निप्टा क्लबले ५० हजार नगद र मेडल हात पारेको छ । खेलभरिका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । सरोज बर्देवा ‘बेस्ट प्लेयर’, नवीन महतो ‘बेस्ट स्पाइकर’ र मंजिल गुरूङ ‘बेस्ट लिफ्टर’ घोषित भए । मञ्चका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजन पौडेल, उपप्रमुख भोला अधिकारी, वडा नम्बर १२, १३ र १५ का वडाध्यक्षहरूको सहभागीता रहेको थियो । आयोजक समितिका अध्यक्ष चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads