search

जम्मु काश्मिरलाई विशाल अन्तरले पराजित गर्दै अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, २७ चैत/ छैठौं वीरगंज इन्डो–नेपाल टी–२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा भारत जम्मु काश्मिर टीमलाई १६५ रन अन्तरले पराजित गर्दै अल्पाइन मावि वीरगंज विजयी भएको छ ।
आदर्शनगर रंगशालामा बुधवार सम्पन्न प्रतियोगितामा दोस्रो दिन अल्पाइन माविले ४ विकेटको क्षतिमा २०९ रन बनाएको थियो । अल्पाइनका सेजाद मन्सुरीले ३९ बलमा ७० रन बनाए भने रोहित यादवले ४१ बलमा ५५ रन बनाएका थिए ।
यसैगरी जम्मु काश्मिरले सबै विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच अल्पाइनका सोनु कुशवाहा घोषित भए । उनले ४ ओभरमा ६ विकेट लिएर १८ रन दिएको अल्पाइन माविका विनोद उपाध्यायले जानकारी गराउनु भएको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads