search

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

पढ्न छुटाउनुभयो ?

सिड्नी, २८ चैत, चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा शिकारी शार्क होस् – अस्ट्रेलियालीहरू पानीको नजिक रहँदा आफ्ना आँखा खुला राख्न बानी परेका छन् । अहिले सिड्नीको एक तटीय क्षेत्रका बासिन्दाहरूलाई एउटा भागेको विदेशी सर्पका लागि पनि सावधान रहन भनिएको छ । अधिकारीहरूले बिहीवार सिल्भानियाको तटीय क्षेत्रको उपनगर वरिपरि घुम्दै गरेको ‘बोआ कन्स्ट्रिक्टरको अवलोकनवारे सचेत गराइएको’ बताएका छन् । “कृपया जनावरको नजिक नजानुहोस”, न्यु साउथ वेल्स (एनएसडब्लु) को प्राथमिक उद्योग विभागले एक विज्ञप्तिमा भनेको छ, “यदि सुरक्षित भएमा, एउटा फोटो लिनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस् ताकि हामी सर्पको पहिचान गर्न र पक्रन प्रयास गर्न सकौँ ।” सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा ठूलो आकारको जीव एक समुद्री किनाराको छेउको पैदल मार्गमा बिस्तारै घस्रिँदै गरेको देखाइएको छ । मध्य र दक्षिण अमेरिकामा पाइने बोआ कन्स्ट्रिक्टर विश्वका सबैभन्दा ठूला सर्प प्रजातिहरू मध्ये एक हो । तिनीहरूको औसत लम्बाइ लगभग तीन मिटर (१० फिट) हुन्छ र तिनीहरूले आफ्नो शिकारलाई कसरी निचोरेर मार्छन् भन्ने तरिकाबाट नामकरण गरिएको हो । धेरै सर्प प्रेमीले बोआ कन्स्ट्रिक्टरलाई अनौठो घरपालुवा जनावरका रूपमा राख्न चाहन्छन् । “बोआ कन्स्ट्रिक्टर अस्ट्रेलियाको स्थानीय प्रजाति होइन र यो एनएसडब्लु र अस्ट्रेलियाभर विस्तृत वातावरणमा जनसंख्या स्थापना गर्ने उच्च जोखिममा छ”, एनएसडब्लु प्राथमिक उद्योग विभागले भनेको छ, “यो सर्पलाई संसारभरि घरपालुवा जनावरको व्यापारका लागि कानूनी र अवैध रूपमा पालिएको र राखिएको छ ।” (रासस/एएफपी)
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads