शोभायात्रामाथि ढुंगामुढा, दर्जनौं घाइते, कफ्र्यू आदेश

वीरगंज, ३० चैत । हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने क्रममा वीरगंजको छपकैयामा हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । वीरगंजमा तनाव बढेपछि शनिवार बेलुका साढे ६ः०० देखि आइतवार बिहान १२ः०० बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय, पर्साले कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव […]
अघोषित लोडसेडिङप्रति वीउवासङ्घको ध्यानाकर्षण

वीरगंज, ३० चैत । वीरगंज उद्योग वाणिज्य सङ्घले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी नेपाल विद्युत प्राधिकरणले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योग प्रतिष्ठानमा गरिरहेको अघोषित लोडसेडिङ्ग र बिना सूचना विद्युत कटौतीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा उद्योग प्रतिष्ठानहरूको अक्सिजनकै रूपमा रहेको विद्युतको नियमित आपूर्ति हुन नसकेकोबाट कोरिडोरका उद्योगहरू आफनो निश्चित क्षमताभन्दा धेरै कम […]
‘सिनियर’ अनमीलाई सुरक्षित गर्भपतनसम्बन्धी तालिम

काठमाडौँ, ३० चैतः काठमाडौँस्थित मोडेल अस्पतालमा वीरगञ्ज र काठमाडौँका ‘सिनियर’ अनमीलाई गर्भपतनसम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । युवा संस्थाको आयोजनामा सञ्चालित तालिममा औषधिको माध्यमबाट गरिने सुरक्षित गर्भपतनसम्बन्धी ज्ञान दिइएको हो । संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले आज यहाँ तालिमको समापन गर्दै तालिमले गर्भपतनसम्बन्धी सुरक्षित उपायहरूका बारेमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरेको जानकारी […]
मुख्यमन्त्रीद्वारा धर्मशाला उद्घाटन

जनकपुरधाम, ३० चैतः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथनगरमा मिथिला सांस्कृतिक संरक्षण परिषद् जनकपुरधाद्वारा रु २० करोडको लागतमा नवनिर्मित पक्की धर्मशाला भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ । हनुमान् जयन्तीका अवसरमा मिथिला अबध सांस्कृतिक संरक्षण परिषद् जनकपुरधामद्वारा आयोजित समारोहमा मुख्यमन्त्री सिंहले भवनको उद्घाटन गर्नुभएको हो । दशरथनगरमा परिषद्द्वारा २२ कट्ठा […]
कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित
वीरगंज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो । हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार […]
नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन, पत्रकारिता क्षेत्रमा योगदान दिने ६ जना पुरस्कृत, ९ जना सम्मानित

काठमाडौँ, ३० चैत्र/ नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सुरु भएको छ। उद्घाटन सत्रमा प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख उपस्थितिमा विभिन्न विशिष्ट अतिथिहरू र सहभागिहरूसँग पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरियो। कार्यक्रममा पूर्वमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, “नेपालका पत्रकारहरूले […]