वीरगंजमा राष्ट्र बैंकको आयोजनामा क्रिकसल शुरु

वीरगंज,५ वैशाख । सानो आकारको क्रिकेट प्रतियोगिता आर्थात वीरगंजमा आजदेखि तीन दिने ‘क्रिकसल’ प्रतियोगिता शुरु भएको छ । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा अन्तर बैंक क्रिकसल प्रतियोगिता शुरु भएको हो । वीरगंज–१६ नगवास्थित ‘हाम्रो फुटसल’ खेल मैदानमा आयोजित सो प्रतियोगिताको उद्घाटन, वीरगंज १६ का वडा अध्यक्ष परशुराम चौरसियाले गरे । नेपाल राष्ट्र […]
अवैध हतियार उद्योगमाथि प्रहरीको छापा, चार पक्राउ

वीरगंज, ५ वैशाख । नेपाल–भारत सीमावर्ती क्षेत्र भारत रक्सौल नजीकै रहेको सिरिसिया गाउँमा कुखुरा फार्मको आडमा सञ्चालित अवैध हतियार उद्योगमा भारतीय प्रहरीले छापा मारी अवैध हतियारलगायत सामग्री बरामद गर्नुको साथै चारजनालाई पक्राउ गरेको छ । मोतिहारीका प्रहरी अधीक्षक स्वर्ण प्रभातको आदेशमा उपप्रहरी अधीक्षक धीरेन्द्र कुमारको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रवार बिहान रक्सौल र रामगढवाको बीचमा […]
कृषि बधुवा मजदुरका सवाल सम्बोधनका लागि आग्रह

काठमाडौं, ५ चैत । संघीय सरकारको आगामी नीति, कार्यक्रम र बजेट मार्फत कृषि बधुवा मजदुरहरूः मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीको पुनस्र्थापनाको सवाल सम्बोधनका लागि राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिले सरकारलाई आग्रह गरेको छ । आज संघर्ष समितिका संयोजक दशनलाल मण्डलको नेतृत्वमा रहेको टोलीले भूमि ब्यवस्था, सहकारी र गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेकपा […]
टिपर र कार ठोक्किँदा बारामा दुई जनाको मृत्यु

बारा, ०५ वैशाख । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा टिपर र कार ठोक्किदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र२–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरित दिशाबाट आउँदै गरेको बा. ०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्ई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
प्रहरीको मिलेमतोमा जीतपुरमा तस्करी

बारा, ५ वैशाख । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ । प्रहरीलाई मासिक लाखौं रुपियाँँ नजराना बुझाएर प्रहरीकै सामुन्नेबाट दैनिक रूपमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भि¥याइएको उक्त मालसामान जीतपुर बजारमा पुग्ने गरेको स्थानीयको आरोप छ। इलाका प्रहरी कार्यालय जितपुर र सशस्त्र प्रहरी सुरक्षा ब्यास क्याम्प बकुलियाको मिलोमतोमा मालसामान […]
ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

वीरगंज, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले बाराको विभिन्न स्थानबाट ३६७ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा बैशाख ४ गते राति ११ः४५ बजे इलाका प्रहरी कार्यालय सिमराले जीतपुर सिमरा उप–महानगरपालिका–३ बजनीमा हेटौडाबाट वीरगंज जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक चेक जाँच गर्दा लुकाई छिपाई राखिएको […]
विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको चार अर्ब विद्युत् बक्यौता

वीरगंज, ५ वैशाख । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको हालसम्म करीब रु चार अर्ब विद्युत् महसूल बक्यौता देखिएको छ । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका लेखापाल सरोज घिमिरेले हालसम्म तीन अर्ब ९० करोड १६ लाख ९३ हजार महसूलबापत बक्यौता रहेको बताए । उनले सबैभन्दा बढी औद्योगिक क्षेत्रमा दुई अर्ब ६६ करोड ६२ लाख […]
वीरगञ्जकोे निषेधाज्ञा हट्यो

वीरगञ्ज,५ जिल्ला । प्रशासन कार्यालय पर्साले शुक्रबार विहान ७ बजेदेखि वीरगञ्जमा लगाइएको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले शुक्रबार विहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए । जिल्ला सुरक्षा समिति को विहीबार बेलुका बसेको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालले वीरगञ्ज महानगरक्षेत्रको शान्ति […]