search

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, ६ वैशाखः वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो ।
यहाँस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजे खेल हुने तालिका थियो । तर वर्षाका कारण खेल समयमै हुन सकेछ । पानीले भिजेको मैदान सुकाउने काम भए पनि समय अभावका कारण खेल हुन सकेन ।
आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण थियो । दुवै टोलीले प्रतियोगितामा समान तीन÷तीन खेल जितेका थिए । वर्षाले खेल प्रभावित भएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाडेँ । दुवै टोलीसँग समान ७÷७ अङ्क भएपनि रनरेटको आधारमा अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
आइसिसी यू–१९ क्रिकेट विश्वकप वर्ष सन् २०२६ मा जिमबाबे र नामिबियामा हुनेछ । रासस
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads