वीरगंज, ६ वैशाख । वीरगंज–२० अपौनीमा आज देखि पहिलो गढिमाई प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु भएको छ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले एक समारोह वीच प्रतियोगिताको उद्घाटन गरे । वैशाख १३ गते सम्म चल्ने प्रतियोगितामा वीरगंजका ८ वटा टिम रहेको छ । आईपिएल मोडेलमा सञ्चालन हुने सो प्रतियोगितामा लिग चरण अन्र्गत हरेक दिन विहान साढे ७ बजे र दिउसो २ बजे गरी दुई वटा खेल खेलाउन तयारी रहेको छ । निर्धारित १६ ओभर खेलाइने प्रतियोगिताको विजेताले नगद ६० हजार र उविजेताले ३० हजार नगदसहित पुरस्कार पाउने छन् । गैरसरकारी संस्था चेक नेपालको सहजीकरण र जिपिएलको आयोजना शुरु भएको प्रतियोगिताको पहिलो खेलमा सानो पाइलालाई पराजित गर्दै अल्फा एभेन्जर र दोस्रो खेलमा हिरा वारियरलाई पराजित गर्दै ताम्भाश्री नेपाल विजयी भएका छन् । आईतवारको पहिलो खेल गढिमाई वारियर र सुधिर वारियर वीच र दोस्रो खेल ड्रागन अफ साहिब र जितपुर ११ वीच हुने चेक नेपालका दामोदर यादवले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेशका अध्यक्ष अशोक टेमानी,काग्रेस नेता कन्चन झा,ठाराब एकाई सभापति राजकुमार यादव,यूवा नेता सुधीर पटेललगायतको सहभागिता थियो ।
Facebook Comments Box