search

spot_img
spot_img

बजेटमा पर्सालाई प्राथमिकतामा राख्न ज्ञापनपत्र

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ वैशाख । जनमत पार्टी पर्साले जल्ला प्रशासन कार्यालय पर्सा मार्पत नेपाल सरकारलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष ओमप्रकाश सरार्पको नेतृत्वमा गएको टोलीले आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम तथा बजेटमा पर्सा जिल्लाको प्राथमिकता सुनिश्चित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अलपत्र अवस्थामा रहेको नारायणी रंगशालाको पुनःसंरचना र सञ्चालनका लागि आवश्यक बजेट विनियोजन, नारायणी अस्पतालको पूर्वाधार विकासमा विशेष प्राथमिकता र सुविधा विस्तार, स्थानीय स्तरमा जनताको सहज यातायातका लागि “जनता सडक” निर्माणमा बजेटको सुनिश्चितता, कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिका लागि सिंचाइको लागि विशेष बजेटको व्यवस्था, सिरिसिया नदी संरक्षण र पर्साको ठोरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष प्याकेज घोषणा गर्नुपर्ने, कृषि औजार उद्योगको सुदृढीकरण र प्रवद्र्धनका लागि आवश्यक बजेट, किसानलाई समयमै र सहज रूपमा खाद्य मल उपलब्ध गराउने सुनिश्चितता र बजेट व्यवस्थापन लगायतको माग गरेका छन् । ज्ञापन बुझाउन गएको टोलीमा केन्द्रिय सदस्यहरू बिद्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन, महादेव शर्मालगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

ठोरीमा यौन धन्दाविरुद्ध महिलाहरु सक्रिय

वीरगंज, १५ असार । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका होटलहरूमा भइरहेको यौनधन्दा भइरहेको भन्दै स्थानीय महिलाहरू प्रतिवादमा उत्रिएका छन् । ठोरी...

सम्बन्धित खबर

- Advertisement -neelambads