search

बसबाट बेवारिसे अवस्थामा ६ किलो चाँदीको गहना बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० बैशाख । जिल्ला प्रहरी कार्यालय, बाराले ६ किलो चाँदीको गहना बरामद गरेको छ । बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.– १ पथलैया चोकमा बागमती प्रदेशको ३२५६ नम्बरको बसको क्याभिनभित्र सिटमुनि टेपले बेरेर राखिएको कार्टुन प्रहरीले खोलेर हेर्दा विभिन्न किसिमका चाँदीको रेडिमेड गहना फेला परेको बारा प्रहरीले जनाएको छ । प्रहरी चौकी पथलैयाबाट प्र.स.नि अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको उक्त बसबाट १० लाख ८० हजार मूल्य बराबरको गहना बरामद भएपछि आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जिप्रका, बाराले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads