search

spot_img
spot_img

नारायणी अस्पतालमा २ करोडको अक्सिजन प्लान्ट बन्द, अस्पताल प्रशासन भन्छ–‘मरम्मत महगो भएर हो’

पढ्न छुटाउनुभयो ?

राधेश्याम पटेल,परवानीपुर,१२ वैशाख÷ नारायणी अस्पताल वीरगंजमा करिब ३ वर्ष अघि जडान भएको अक्सिजन प्लान्ट विगत ८ महिनादेखि बन्द भएको छ । कोरोनाको दोस्रो लहरमा तत्कालिन पर्सा २ का सांसद विमलकुमार श्रीवास्तवको संसदीय कोषको करिब रु १ करोड ८० लाख र वीरगंज महानगरको २० लाख गरी कुल करिब रु २ करोडमा सञ्चालनमा आएको जर्मन प्रविधिको अक्सिजन प्लान्ट बन्द भएर जीण बन्न थालेको छ । हावाबाट अक्सिन सोसेर टयांकी मार्फत पाइपमार्फत अस्पतालको सबै वार्डमा सहजै अक्सिन पु¥याउने उक्त प्लान्ट बन्द हुदाँ करौडौको समान खेर गइरहेको विक्रेता कम्पनीका बिक्री एवं प्राविधिक प्रमुख इन्जिनियर राहुल शर्मा बताउँछन् । उनले मासिक केही रकमको मरम्त सम्भारको रकम अस्पतालले जोहो गर्न नसक्दा बहुमुल्य उक्त प्लान्ट कौडीको भाउमा कबाड बनिरहेको बताए । उक्त प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता र अन्य प्लान्ट वा औद्योगिक प्रयोजनको लागि उत्पादिक अक्सिनको शुद्धतामा निकै असमानता रहेकोले विरामीहरुको स्वास्थ्यको लागि त्यही प्लान्टको अक्सिजन नै उत्कृष्ट भएको बताए । यसमा अस्पताल व्यवस्थपन पक्ष गम्भीर बन्नु पर्छ । ‘त्यो मेशिनबाट २४ घण्टा अक्सिजन आपर्ती गर्न सकिन्छ,साथै,स्टकमा ५०० लिटर बराबरको अक्सिजन भण्डारण गरी राख्ने क्षमता छ,’उनले भने,‘४ हजार घण्टा चलेपछि एक पटक मरम्त गर्नू पनेृ आवश्यक हुन्छ,एक पटकको मरम्तको करिब ६ लाख पर्छ ।’ जडान भएर एक पटक मात्र मरम्त भएर महगो शुल् पर्ने देखिएपछि अस्पताल प्रशासनले सो मेशिनबाट अक्सिजन उत्पादन गर्न बन्द नै गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले हरेक महिना महगो शुल्क दिएर मरम्त गर्नू पर्ने झण्झटको कारण उक्त मेशिन बन्द गर्नू को विकल्प नभएको बताउँछ्न । उनका अनुसार स्वसथ्य मन्त्रालयले दिएको अर्को अक्सिजन प्लान्टबाट अहिले अक्सिजनको चापलाई धान्ने प्रयास भइरहेको स्पष्ट पारे । उनले सबितु हेल्थ इन्टरनेशनल प्रालिबाट खरिद गरिएका देशका अन्य शहरको अस्पतालमा पनि त्यस्ता प्लान्ट बन्द नै रहेको उनले दावी गरे । तर बिक्रेता कम्पनी सबितुका प्राविधिक प्रमुख शर्माका अनुसार काठमाडौंको ४ वटा अस्पताल,चितवन,धरान र अनय शहरको अस्प्तालमा प्लान्ट मज्जाले चलिरहेको तर वीरगंजमा मात्रै यस्तो समस्या देखिएको बताए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सुख्खा संकटग्रस्त मधेश प्रदेशको राहतमा तत्काल जुट्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका...

सम्बन्धित खबर

- Advertisement -neelambads