search

शिक्षक आन्दोलनका क्रममा झडप

पढ्न छुटाउनुभयो ?

काठमाडौँ । काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहोरासमेत प्रयोग गरेको छ । शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए । महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ ।
Facebook Comments Box

ताजा खबर

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई दर्ज्यानी चिह्न...

सम्बन्धित खबर

- Advertisement -neelambads