search

spot_img
spot_img

छ जना डिआइजी एआइजीमा बढुवा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौँ, १६ वैशाखः नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका छ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार वैशाख ११ गतेदेखि लागू हुने गरी उहाँहरूलाई बढुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट प्राप्त पत्रअनुसार बढुवा भएकाहरूको आजै पदस्थापन गरिएको जनाएको छ । बढुवा हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी हुनुहुन्छ । उहाँहरूलाई वैशाख ४ गते गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक गोगेन्द्रसिंह थापाका अनुसार खापुङलाई केन्द्रीय अनुसन्धानन ब्युरो, आचार्यलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग, पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, कार्कीलाई प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, अधिकारीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र केसीलाई प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा आजै पदस्थापन गरिएको छ । रासस
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको निधन

नयाँदिल्ली, २२ असोज भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा मङ्गलबार राति ठूलो भूस्खलनको भग्नावशेष बसमा ठोक्किँदा कम्तीमा १५...

सम्बन्धित खबर

- Advertisement -neelambads