search

मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखन तथा ओसार पसार कार्यमा सलंग्न एक जना पक्राउ गरेको जनाएको छ । वैशाख १७ गते वीरगंज महानगरपालिका वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाको चेकिङ टोलीले नेपालबाट भारत जाँदै गरेका एक जना पुरूष र एक जना युवतीलाई सोधपुछ गरेको थियो । प्रहरी र आफन्त नेपालका कर्मचारीको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले दुवैजनालाई जिप्रका, पर्सामा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा निज युवतीलाई जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ बस्ने वर्ष २९ को सुजन लामा भन्ने पासाङ तामाङले वीरगंज नजिक कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारत लैजाँदै गरेको प्रहरीको दावी छ । सुजन लामा भन्ने पासाङ तामाङलाई नियन्त्रणमा थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले युवतीको नाम, ठेगाना गोप्य राखेको छ ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः जनकपुर लगातार तेस्रो खेलमा पराजित

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा साविक विजेता जनकपुर बोल्ट्स लगातार तीन खेलमा...

सम्बन्धित खबर

- Advertisement -neelambads