वीरगंज, २४ वैशाख । पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका वार्ड नं. ८ जगतपुर, मननपुरमा राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा सम्पन्न तीन महीने अभियान अन्तर्गत संगठन बिस्तार तथा पार्टीको सदस्यता बितरण गरिएको थियो । कार्यक्रमको उदघाटन संविधानसभा सदस्य ईस्लाम हवारीले गर्दै नेपालमा शुरू देखि मधेशी, थारू, जनजाती लगायतका साथ विभेद हुँदै आएको बताए । उनले देशमा पटक पटक संघर्ष भएता पनि बिभेद जारी रहेकोले अन्तिम लडाईको लागी संगठनको अवश्यकता रहेको बताए । संविधानसभा सदस्य हवारीले पोखरिया नगरपालिकामा भइरहेको संस्थागत भ्रष्टाचार, ठगी धन्दा, लगायत राष्ट्रिय मुक्ति पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमा सुनवाई नभएकोले सशक्त आन्दोलन गर्नको लागि एक जुट हुन अनुरोध गरे । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, अनिरूद्ध प्र. कलवार, फहिम हवारी लगायत स्थानीय नेता, कार्यकर्ताहरूको उपस्थितिमा १२६ जनालाई पार्टीको सदस्यता वितरण गरिएको छ ।
Facebook Comments Box