search

चार जना शंकास्पद चिनियाँ नागरिक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २५ वैशाख । नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा प्रवेश गर्दै गरेका चार जना शंकास्पद चिनियाँ नागरिकहरूलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो।
पक्राउ परेका ती चार चिनियाँ नागरिकहरू बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन्। उनीहरू हिन्दी, नेपाली, अङ्ग्रेजी र चिनियाँ भाषामा बोलिरहेका छन्।
सुरक्षा निकायका स्रोतहरूका अनुसार ती व्यक्तिहरूको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत भेटिएको छ। उनीहरू पाकिस्तानमा रहेको कुनै केटासँग सम्पर्कमा थिए। ती चिनियाँ नागरिकहरू पछिल्लो एक हप्तादेखि काठमाडौंमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजिरहेका थिए भन्ने बारेमा सोधपुछ गर्दा केही नबोलेका हुन्। सुरक्षा निकायले ती घुसपैठकर्ताहरूसँग गोप्य स्थानमा सोधपुछ गरिरहेको छ।
‘अपरेशन सिन्दूर’ पछि भारत–नेपालको रक्सौल सीमामा एसएसबीलाई रेड अलर्ट जारी गरिएको थियो। त्यसैले नेपालबाट आउने–जाने सबैको रक्सौल सीमामा कडाइका साथ जाँच गरिँदै आएको छ। भारत प्रवेश गर्ने सबै व्यक्तिहरूको परिचयपत्र जाँच भइरहेको छ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads