search

spot_img
spot_img

कानुन दिवसको अवसरमा न्यायकी देवीको अनावरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ वैशाख । कानुन दिवसको अवसरमा पर्सा जिल्ला अदालतले शुक्रवार विशेष कार्यक्रम आयोजना गरेको छ । पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश दीपक खनालले कार्यक्रममा नव निर्माण गरिएको न्यायकी देवीको मुर्ति अनावरण गरेका थिए । उनले नेपाली न्याय प्रणालीको प्रतीकात्मक सुदृढीकरणको संकेत रहेको न्यायकी देवीको मुर्तिले कानुनप्रति श्रद्धा र न्याय प्रणालीप्रतिको विश्वास अझ प्रगाढ बनाउने बताए । उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको बताए । कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले कानुन दिवसको शुभकामना मन्तव्य राख्दै जनताको मौलिक हकको संरक्षण, कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महŒवलाई उजागर गरे । उनले कानुन दिवसलाई कानुनी अभ्यास, सुधार र जनसहभागीताको माध्यमका रूपमा लिइनुपर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, वीरगंज स्कुल अफ लका अध्यक्ष अधिवक्ता चन्द्रिका प्रसाद पटेल, कानुन संकायका विद्यार्थी, जिल्ला अदालतका न्यायाधीशहरू, अधिवक्ता तथा कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रममा वक्ताहरूले न्याय प्रणालीलाई अझ सरल, जनमुखी, समावेशी र आधुनिक बनाउनेतर्फ सबै पक्ष—अदालत, कानुन व्यवसायी तथा कानुनी शिक्षण संस्थाहरू—बीच सहकार्य र संवाद अपरिहार्य रहेको धारणा राखेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads