search

spot_img
spot_img

सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय – सिके राउत

पढ्न छुटाउनुभयो ?

वीरगंज, २८ वैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारूढ दलहरू संघीय गणतन्त्रलाई समाप्त पार्न सक्रिय रहेको आरोप लगाएका छन्। पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा जनमतको पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मधेशका युवाहरू संघीयताकै कारण सरकारी सेवा, प्रहरी, सेना लगायत क्षेत्रमा प्रवेश गर्न सफल भएको भन्दै अब शोसक वर्गले संघीयता विरूद्ध षड्यन्त्र गरिरहेको दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा लगायत विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन । जगरनाथपुर गापा–५ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका शिवजी पटेल, राधेश्याम पटेल, भोला पटेल, ध्रुव गद्दी, नेकपा एमालेका धु्रव राउत गद्दी, नइम राउत गद्दी, हिरालाल महरा तथा जसपाका सयौं कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका हुन।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, संगठन विभाग प्रमुख डा. जयकान्त राउत, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला इन्चार्ज एवं कार्यकारिणी सदस्य माधवप्रसाद सिंह, नेताहरू सिपु तिवारी,डा.अजय यादव,रम्भा मिश्रा,अधिवक्ता हरिहार साह,श्याम गुप्ता,सिमा गुप्ता, अनिता रौनियार,विनय यादव, नजमा खातुन, जीवन त्यागी,उदय यादव,संजय सिह,नरेश राम,राजुराज गिरि, लगायतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा जनमत पार्टीले स्थानीय तहका प्रत्येक वडामा संगठन विस्तार र मजबूतीकरणको लागि रणनीति बनाएको जनाइएको छ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads