search

नर्सिङ दिवसको अवसरमा फलफूल वितरण

पढ्न छुटाउनुभयो ?

नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम वीरगंज, २९ बैशाख । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा वीरगंज नर्सिङ कलेजले विभिन्न कार्यक्रम गरेको छ । सोमवार बिहान वीरगंज नर्सिङ कलेजका विद्यार्थी तथा नर्सहरूले नारायणी अस्पतालका विभिन्न वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेका थिए । यसैगरी दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी नर्सिङ पेशाप्रति चर्चा गरिएको थियो । कलेजकी अध्यक्ष्F डा. कल्पना पौडेलले नर्सहरूको अतुलनीय सेवा र योगदानलाई सम्झँदै नर्सिङ पेशा केवल पेसा होइन, यो एक सेवाभाव र समर्पणको उदाहरण रहेको बताइन् । उनले सम्पूर्ण नर्सहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ समर्पणका साथ सेवामा लाग्न प्रेरणा दिइन् । कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, वडाध्यक्ष जगदिश प्रसाद साह, श्रुती शाह लगायतको सहभागिता थियो ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads