दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ, ३० वैशाखः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार […]

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ३० वैशाख : वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै रु ५१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धानकार्यालयका सूचना अधिकारी एवं […]

राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति

काठमाडौं, ३० वैशाख । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरूद्ध खुला रूपमा आक्रोशित बनेका छन। उनीहरू भन्छन्, “यो नीति पर्यटन प्रवद्र्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले रहेको देखिन्छ ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायः रातको […]

सामुदायिक विद्यालयमा मुख्यमन्त्री सिँहको अनुगमन

जनकपुरधाम, ३० वैशाख । विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी नभइरहेको गुनासो चुलिएका बेला मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालय अनुगमन सुरु गरेका छन् । मुख्यमन्त्री सिँहले मंगलबार बिहान धनुषाको हँसपुर नगरपालिकास्थित दुई विद्यालय अनुगमन गरी विद्यामान बेथिति तथा विसङ्ति औँल्याउँदै पालिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षकहरूसँग समस्या समाधानका लागि विमर्श […]

भण्डाफोर अभियान पुनः शुरु

पोखरीया,२९ वैशाख । राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्सा जिल्लाको पोखरिया नगरपालिकामा आफ्नो भण्डाफोर अभियानलाई निरन्तरता दिएको छ । पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले जारी गरेको विज्ञप्ति अनुसार, २०८१ कात्तिक ५ गते विभिन्न मागहरू राखी नगर प्रमुखलाई बुझाइएको ज्ञापन पत्रमा कुनै सुनुवाइ नभएपछि यो अभियान जारी राखिएको हो । ण्पार्टीले पोखरिया नगरपालिका समक्ष मुख्यतया सात बुँदे […]

रिलिफ सोसाइटी अफ कमर्सको ३४औं स्थापना दिवसः५ जना सम्मानित

वीरगंज,२८ वैशाख । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार २९ गते एक भव्य औपचारिक कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ । उक्त कार्यक्रम वीरगंजको आदर्शनगर स्थित रिलिफ सोसाइटी भवनमा सम्पन्न भएको छ ।  रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा […]

वीरगंज वडा नं. १ मा निर्माण कार्यको विषयमा विवाद

वीरगज, २९ बैशाख । वीरगज महानगरपालिका वडा १ छपकैयामा एउटै योजनाकोमा महानगरले दुईजनालाई कार्य आदेश गरेपछि आज कुटाकुट भएको छ ।  वीरगज महानगरपालिको १ छपकैयामा रहेको  बहईपुल देखी दश्चिन जाने सडकमा नाला तथा पेर्वस हाल्नका लागी वडाले  असारमा नै वडा स्तरिय बजेट ३० लाख छुटयाएको  थियो । तर महानगरले यही पुसमा सोही ठाँउमा  सोही कार्य […]