वीरगज, २९ बैशाख ।
वीरगज महानगरपालिका वडा १ छपकैयामा एउटै योजनाकोमा महानगरले दुईजनालाई कार्य आदेश गरेपछि आज कुटाकुट भएको छ । वीरगज महानगरपालिको १ छपकैयामा रहेको बहईपुल देखी दश्चिन जाने सडकमा नाला तथा पेर्वस हाल्नका लागी वडाले असारमा नै वडा स्तरिय बजेट ३० लाख छुटयाएको थियो । तर महानगरले यही पुसमा सोही ठाँउमा सोही कार्य गर्न ५० लाख छुटयाएको छ ।
असारमा नै बजेट छुटयाएको तर वडाले समयमा काम गर्न नसकेपछि महानगरले काम गर्न खोज्दा स्थानिय तथा वडाका अन्य सदस्यहरुले बिवाद गरेको आरोप महानगरका योजना शाखाले जनाएको छ ।
आज दिनभरी सो स्थानमा तनाव शृजना उत्पन भएको थियो । केही समयपछि प्रहरीको टोली घटना स्थलमा पुगी स्तथीलाई समान्य बनाएको थियो ।
स्मरण रहोसकी वीरगजका मेयर राजेशमान सिह तथा वडा १ का वडाध्यक्ष मनोज कुर्मी बिच लामो समय देखी बिवाद चल्दै आएको छ । सो वडाको काम प्रभावित गर्न सिगो महानगर लागी परेको छ । सोही कार्य अनुसार आज बिवाद भएको थियो । बिवादमा वडाध्यक्ष मनोज कुर्मी अर्को पक्ष मेयर सिहका भतिजा रुपेशमान श्रेष्ठ लडाईमा प्रत्यक्ष रहेका थिए ा मेयर सिंह र वडा अध्यक्ष कुर्मीको विवादले गर्दा वडावासीलाई सास्ती खेप्नु परेको वडा वासीहरु बताउँछन् । हामीलाइ प्राप्त जानकारी अनुसार महानगरले छुटयाएको ५० लाखको २० प्रतिशत अर्थात १० लाख रकम आफुले दिएको सो रकम फिर्ता पाए आफु सो ठाउको छोडी हिडने ठेक्दारले बताएका छन । वडाले महानगरले पठाएको ठेक्दारलाई कुनै हाल्तमा काम गर्न नदिने वडाध्यक्ष कुर्मीको भनाई छ ।