वीरगंज,२८ वैशाख ।
रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार २९ गते एक भव्य औपचारिक कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ । उक्त कार्यक्रम वीरगंजको आदर्शनगर स्थित रिलिफ सोसाइटी भवनमा सम्पन्न भएको छ । रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा सामाजिक, शैक्षिक, स्वास्थ्य, खेलकुद र उद्यमशीलताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका पाँच विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरियोे । सम्मानित हुनेहरुमा साहित्य क्षेत्रमा जयकिशोर पाण्डे,चिकित्सा क्षेत्रमा डा. भरत गोइत,खेलकुद क्षेत्रमा भेट्रान सिटी क्लब वीरगंजका अध्यक्ष सविन बस्नेत,वीरगंजकी समाजसेवी विद्या कुमारी सारावगी, महिला उद्यमी आरती सिंहलगायतकाहरुलाई दोसल्ला ओढाई मायाको चिनो दिई सम्मान गरिएको थियो ।
अध्यक्ष यादवका अनुसार, “हामी प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएका छौं। यस परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्न लागिएको हो।”
रिलिफ सोसाइटी अफ कमर्सका पुर्व अध्यक्ष गणेश लाठका भनाई अनुसार रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित भएको संस्था हो।यो संस्था बुद्ध ज्यन्तीका दिन नै स्थापन भएको थियोे। कार्यक्रममा प्रमुख अतिथी उधोग बाणिज्य संघ बिरगंज अध्यक्ष हरि गौतमको आतिथ्यमा सम्पन्न भएको थियोे। उपस्थिति श्याम बन्जारा,वरिष्ठ पत्रकार जगदिश प्रसाद शर्मा,वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल,अशोक बैध, गनेश लाठ,माधव राजपाल,अनिल पटवारी लगाएतका विशिष्ट ब्यक्तीहरुको उपस्थिति रहेको थियोे। कार्यक्रममार्फत गौतम बुद्धको शिक्षालाई स्मरण गर्दै शान्ति, सेवा र सद्भावको सन्देश फैलाउने प्रयास गरिएको छ। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तिहरू, समाजसेवी, व्यापारी, बुद्धिजीवी, शिक्षाविद् र सर्वसाधारणको उपस्थिति रहने अपेक्षा गरिएको छ।