search

spot_img
spot_img

पर्साका स्थानीय तहमा कर्मचारीको ढिलासुस्तीले सेवा प्रभावित

पढ्न छुटाउनुभयो ?

वीरगज,३० बैशाख ।
पर्सा जिल्लाका अधिकांश स्थानीय तहमा कार्यरत कर्मचारीहरू समयमा कार्यालय नआउँदा सेवाग्राहीहरू हैरान भईरहेका छन् । सबभन्दा बढी सेवा प्रभाव गर्ने स्थानियतहरुमा कर्मचारीहरुको अनुउपस्तिथीले पालिकाको कामकाज भद्रगोल समेत बनेको सेवाग्राही बताउँछन् । कार्यालय समयमा नआई कर्मचारी ढिलो आउने, चाँडै फर्किने वा अनुपस्थित हुने प्रवृत्तिले नियमित सेवा प्रवाहमा गम्भीर असर परेको सेवाग्राहीहरु गुनासो गर्छन् ।

जनप्रतिनिधी तथा प्रमुख प्रशाकिय अधिकृतहरुले बजेट ल्याउने खर्च गर्नमा बर्षैभरी व्यवस्थ देखिने गरेका छन । कार्यलय प्मुखको व्यापक अनुपस्तिथीको बिषयलाई लिएर अन्य कर्मचारीहरु पनि आफु खुशी आउने गरेका छन । कारवाही गर्ने निकाय अहिलेसम्म नरहेको भागवान भरोसा चल्ने पालिकाहरुमा पियन बाहेक कोही भेटिदैन । दैनिक ज्यालदारीमा काम गर्नेहरु समयमा पुग्ने गरेको भएपनि उनीहरुलाई अहिले जिम्मेकारी बिहिन बनाईएको छ । स्थायी तथा कारारका कर्मचारीहरुलाई हटाउने वा सरुवा गर्न सकिन्दैन किनभन्ने उनीहरुलाई राजनिती संरक्षण छन । तर जुन उदेश्यले पाकिलाहरुमा सेवा दिनस पर्ने थियो त्यो कार्य अहिले भई रहेको छैन ।

जगरनाथपुर, जिराभवानी, पटेर्वा सुगौली, छिपहरमाई, धोबनी, कालिकामाई, पोखरिया, बिन्दवासिनी, पकाहा मैनपुर, सखुवा प्रसौनी, बहुदरमाई र पर्सागढी नगरपालिका लगायतका स्थानीय तहमा यस्तो समस्या देखिएको छ । यद्यपि सरकारले पोशाक भत्ता, यातायात खर्च, मोटरसाइकल र तलब भत्ता लगायतका सहुलियतहरू उपलब्ध गराउँदै आएको छ । तर कर्मचारीहरु कार्यलय नपुगी सदरमुकाम वा अन्य ठाउमा मौज गरिहेका छन । रात्रीको समयमा अहिले पनि स्थानिय सरकारबाट बुझेका मोटरसाईकहरु भटीमा भेटिने गरेका छन । कर्मचारीको कार्य सम्पादनमा भने अपेक्षित सुधार देखिएको छैन। तर बढुवाको समयमा एक मुष्ठ ुल्याकन गरि उनीहरुलाई बढुवा प्रतिबर्ष पालिकाले गरि रहेको देखिन्छ ।

सेवाग्राहीहरूका अनुसार बिहान १० बजे कार्यालय सुरु हुनु पर्ने भए पनि कर्मचारी ११÷१२ बजेपछि मात्र पुग्ने, कतिपय त दिनभरै अनुपस्थित रहने गरेको गुनासो गरेका छन । कर्मचारीहरुको ढिलासुस्तीको कारण शिक्षा, कृषि, पशु, योजना, स्वास्थ्य, स्वरोजगार, राजस्व, प्रशासन, प्राविधिक शाखा तथा लेखा फाँटको काम प्रभावित भएको छ । सेवाग्राही जिराभवानी–५का अर्जुन चौधरीका अनुसार बढदो घाममा हामी टाढा गाउँबाट बिहानै आउँछौं, तर कर्मचारी बेलुका तिर भेटिने गरेका छन । जनप्रतिनिधिहरू पनि यस विषयमा गम्भीर नदेखिनु अर्को चिन्ताको विषय बनेको छ । यस लापरवाही विरुद्ध प्रदेश सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल प्रभावकारी अनुगमन र नियन्त्रण उपायहरू अपनाउन आवश्यक भएको स्थानियहरु माग गरेका छन । स्थानीय तहको सेवा पारदर्र्शी, सहज, निष्पक्ष र जनउत्तरदायी बनाउने उद्देश्यले स्थापना गरिएको पािलकाको कार्यलयमा हुने गरेको लापरवाही र गैरजिम्मेवारीपनको कारण स्थानियहरु मारमा परेका छन ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads